समाचार
माथागढ़ी को परिचय
वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गाविस मिलि बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही र नवलपरासी जिल्ला, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका र पूर्वमा पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका अवस्थित छन् ।वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गाविस मिलि बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही र नवलपरासी जिल्ला, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका र पूर्वमा पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका अवस्थित छन् । वि.स. २०६८ सालको जनगणना अनुसार मिहला-१३,९०१ र पुरूष-११११६ गरी जम्मा -२५०१७ जनसंख्या रहेको छ । जसमध्ये जातिगत विवरणको आधारमा मगर-१८,५५२, ब्राहमण-१,६७०, कामी- १,६५४, क्षेत्री-७३०, कुमाल-६९७, सार्की -५०२, दमाई-३६५, नेवार-१६९, घर्ती / भुजेल-१३०, मुस्लिम-१८, वादी १९, दसनामी- ५७ र अन्य-१७० रहेका छन् । यस गाउँपालिकाका अधिकाशं मानिसहरू कृषि पेसामा संलग्न छन् भने कतिपय सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारमा समेत संलग्न रहेका छन् । माडीफाँट, झडेवा फाँट र मटेरी फाँट धान उत्पादनका लागि उपयुक्त ठाउँ हो भने बहादुरपूर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडामा व्यावसायिक बाख्रा पालनका लागि उपयुक्त रहेका छन् । मगाराती पृष्ठभूमि बोकेको गाउँपालिकालाई इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । यस गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ पक्की सडक २२ कि.मी. ग्राभेल 38 कि.मी. र कच्ची १३१ कि.मी. सडक रहेको छ । शिक्षातर्फ स्नातक क्याम्पस-१,मा.वि. १० आधार भूत विद्यालय ३५, वालविकास केन्द्र ३९, सिकाइ केन्द्र ३ वटा रहेका छन् । त्यस्तै गरी कृषि सेवा केन्द्र ३, पशु सेवा केन्द्र २, स्वास्थ्य चौकी ७ र आयुर्वेद औषधालय १- ओटा रहेका छन् ।